प्रियंका र पारस बने मेगा सेभिङ स्टार

काठमाडौँ । मेगा बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अभिनेत्री प्रियंका कार्कीलाई मेगा सेभिङ स्टार नियुक्त गरेको छ ।

मेगा बैंकले नानीमा लागेको बानी : आज बचाऔं जिन्दगीभर रमाऔं भन्ने अभियान घोषणा गरी यो अभियान सफल पार्न राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्का र अभिनेत्री कार्कीलाई मेगा सेभिङ स्टार नियुक्त गरेको हो ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सानै उमेरदेखि बचत गर्ने बानी विकास गर्न नानीमा लागेको बानी : आज बचाऔं जिन्दगीभर रमाऔं भन्ने अभियान सुरु गरेको र यो अभियान शहरदेखि ग्रामिण भेगका विद्यालयसम्म पु¥याउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले स्कुले बालबालिका तथा युवाहरुमा पारस र प्रियंकाको ठूलो क्रेज रहेकाले बैंकले उनीहरु दुवैलाई मेगा सेभिङ स्टारका रुपमा छनौट गरेको बताए । मुलुकका विभिन्न स्थानमा मेगा बैंकका ४५ वटा शाखा कार्यालय रहेका छन् ।