सिद्धार्थ म्युचुअल फण्डको लाभांश शेयरधनीकै खातामा

काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्डले लगानीकर्ताको बैंक खातामा नै नगद लाभांश जम्मा गरिदिने भएको छ । फण्डद्धारा सञ्चालित सिद्धार्थ लगानी बृद्धि योजना-१ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएका हुन् ।

siddartha

फण्डले भदौ २१ गते मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै नगद लाभांशका लागि असोज ४ गते भित्र बैंक खाता उपलब्ध गराउन लगानी कर्तालाई आग्रह गरेको छ । यसरी लगानीकर्ताको खातामा रकम जम्मा गर्नेमा सिद्धार्थ म्युचुअल फण्ड पहिलो कम्पनी बन्ने भएको छ ।

सिद्धार्थ लगानी बृद्धि योजना-१ ले लगानीकर्तालाई ३० प्रतिशत र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले १६ प्रतिशत लाभांश दिने घोषणा यसअघि नै गरिसकेका छन् ।