टाटा मोर्टसले ल्यायो ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान

काठमाडौँ  । नेपालका लागी टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङले भदौ २५ गतेदेखि ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान सञ्चालन गर्ने भएका छन् ।

टेष्ट ड्राइभ बापत प्राप्त रकम कम्पनीले शिक्षाको अवसर नपाएका, स्कुलको पहुँच भन्दा टाढा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र शिक्षाको अवसर प्रदान गर्न  खर्च गर्ने जनाएको छ।  कम्पनीले टेष्ट ड्राइभ अभियान धापाखेल र सानेपाको जेम्स स्कुलबाट सुरु गर्ने जनाएको छ।

टेष्ट ड्राइभका लागी कम्पनीले टाटाका नयाँ कार टियागो, बोल्ट र जेस्ट प्रयोग गर्ने भएको छ । टेष्ट ड्राइभमा इच्छुक अभिभावकले कुनै खर्च नगरी मात्र समय दिए पुग्ने कम्पनीका उपाध्यक्ष सौरभ राज थपलियाले जानकारी दिएका छन। ‘कम्पनीले संचालन गर्न लागेको यो अभियानमा प्रत्येक टेष्ट ड्राइभ बापत कोषमा ५ सय रुपैयाँ जम्मा हुने छ’ उनले भने।

कम्पनीले करिब १० हजार देखि १२ हजार टेस्ट ड्राइभ गराउने समेत उनले बताए । यसरी संकलन भएको रकम बालबालिकाको शिक्षाको लागि खर्च गरिने कम्पनीले जनाएको छ ।