सानिमा बैंकको १५ प्रतिशत बोनस

काठमाडौँ  । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुको लागी १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी ०.७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

sanima bankसंचालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांस पाउने छन।  १५ प्रतिशत बोनस शेयर वितरणपछी बैंकको चुक्ता पुंजी ५ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ५९ करोड रहेको छ। बैंकको ५० प्रतिशत हकप्रद शेयरले पनि बोनस शेयर पाउने बैंक स्रोतले जनाएको छ।

गत बर्ष बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद वितरण गरेको थियो। बैंकले गत बर्ष १ अर्ब ४ करोड नाफा आर्जन गरेको थियो ।