मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांस दिने

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई  १० प्रतिशत बोनस र १० प्रतिशत नगद लभांस दिने प्रस्ताव गरेको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले  १० प्रतिशत बोनस र १० प्रतिशत नगद लभांस दिने प्रस्ताव गरेको हो ।

प्रस्ताव संस्थाको साधारणसभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि वितरण हुने छ । १० प्रतिशत बोनस बितरण पछि कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ ।

गत आर्थिक वर्ष  फाइनान्सले ७ करोड ५६ लाख १९ हजार रुपैंया खुद नाफा कमाएको थियो ।