दुई युवा क्रिकेटरलाई सिप्रदीको प्रायोजन

काठमाडौँ । नेपाली यु १९ टिमका क्रिकेटरद्वय सुनील धमला र मोहम्मद आरिफ शेखलाई सिप्रदी ट्रेडिङले प्रायोजन गरेको छ । व्यपारिक घराना सिप्रदीले दुवै खेलाडीलाई दुई बर्षका लागि प्रायोजन गरेको हो ।

क्रिकेट खेलाडीहरुको साझा संस्था क्रिकेट प्लेयर एशोसिएसन अफ नेपालको पहलमा युवा क्रिकेटरहरुलाई व्यवसायिक प्रतिष्ठानसँग प्रायोजन सम्झौता गरिएको हो । सम्झौता अनुसार सुनील र आरिफले सिप्रदीबाट मासिक २० हजार पाउनेछन् । सम्झौतापत्रमा  सिप्रदीको तर्फबाट निर्देशक सम्भुप्रसाद दाहाल र खेलाडीद्वयले हस्ताक्षर गरेक छन् । शेखले नामिबिया र केन्याविरुद्ध सिनियर राष्ट्रिय टोलीबाट आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ (लिस्ट ए क्रिकेट) खेलिसकेका छन् ।

प्रायोजित भएपछि दुवैले  क्रिकेटरके खेलाडीहरुलाई प्रायोजन गर्ने क्रम सुरु भएको भन्दै खुसी व्यक्त गरे । साथै उनीहरुले प्रायोजनाले आफूहरुलाई खेलमा लाग्न अझै प्रेरणा मिलेको बताए। कार्यक्रममा बोल्दै एशोसियसनका महासचिव तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रायोजन प्रस्ताव स्वीकार गरेकोमा व्यवसायिक प्रतिष्ठानलाई धन्यबाद दिए ।