मेरो माइक्रोफाइनान्सले लाभाशं दिने

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीका लागि २० प्रतिशत लाभाशं दिने भएको छ । बुधबार बसेको संचालक समितिको निर्णयले लाभाशं दिने जनाएको हो ।

फाइनान्सले १० प्रतिशत वोनस र १० प्रतिशत नगद लाभाशं दिने जनाएको हो । गत आवमा ७ करोड ५६ लाख १९ हजार नाफा कमाएको फाइनान्सले केही दिनमा यो प्रस्ता राष्ट्र बैंकले स्वीकृत गरेपछि लागु गर्ने जनाएको छ ।