पञ्चकन्या माई हाइड्रोपावरले २७ लाख ५० हजार आइपिओ जारी गर्ने

पन्चकन्या माई हाइड्रो पावरले सर्वसाधारणका लागी साधारण शेयर निष्काशनका लागी एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सेयर निष्कासन सम्बन्धि भएको सो सम्झौतामा हाइड्रो पावरका तर्फबाट कार्यकारी निर्देशक सन्तोष कुमार प्रधान तथा एनसिएम मर्चेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे ।

पञ्चकन्या माई हाइड्रो पावरले २७ लाख ५० हजार कित्ता सेयर साधारण शेयर निष्कासन गर्ने जनाएको छ। जस मध्य आयोजना प्रभावित गाविसका बासिन्दालाई कम्पनीले ११ करोड रुपैयाँको ११ लाख कित्ता शेयर छुट्याएको छ। बाँकी १६ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्ने जनाइएको छ। पञ्चकन्या माई नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले प्रवद्र्धन गरेको जलविद्युत आयोजना हो।

इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन भई सकेको छ । हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । त्यस्तै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।