सिद्धार्थ बैंकका २ नयाँ खाता संचालनमा

काठमाडौं । ग्राहकलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक (Siddhartha Bank) ले अवकाश र प्रिमियम मुद्दति खाता सञ्चालनमा ल्याएको छ ।

siddartha

सिद्धार्थ अवकाश मुद्दति खाता अवकाश प्राप्त व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको र वार्षिक ६ प्रतिशत ब्याज दिइने बैंकले जनाएको छ । साथमा मासिक ब्याज भुक्तानीको विशेष व्यवस्था रहेको बताइएको छ ।

सिद्धार्थ प्रिमियम मुद्दति खाता २ वर्षको लागि निक्षेप राख्न इच्छुकलाई लक्षित गरि साढे ६ प्रतिशतको आकर्षक दिइने बैंकले जनाएको छ । नयाँ निक्षेप योजनाहरुमा ग्राहकको आकर्षण रहने बैंकको विश्वास छ । हाल बैंकल नेपालभर ६४ शाखा, ८१ एटिएम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।