अंगुरबाट बनेको नेपाली वाइन बजारमा

काठमाडौं । नेपाली उत्पानमा सतप्रतिशत अंगुरको जुसबाट बनेको शुद्ध वाइन बजारमा आएको छ । यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड/व्हाइट ४ लिटर पारीवारीक जमघट एवं पार्टीका लागि उपयुक्त) र डिलाइट स्वीट रेड÷व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो ।

खाद्य तथा पेय पदार्थको उत्पादनमा १५ वर्षको अनुभव प्राप्त व्यक्तिद्धारा विशेष प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादीत वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत रहेको छ ।