हिमालयन बैंकलाई टीएफपी अवार्ड

काठमाडौँ । हिमालय बैंकले टीएफपी अवार्ड प्राप्त गरेको छ । एशियाली विकास बैंक (एडिबि) ले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै अवार्ड प्रदान गरेको हो ।

सिंगापुरमा आयोजित एडीबी ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले ग्रहण गरेका हुन् ।