ह्वावेले ल्यायो चाडबाडको योजना

काठमाडौँ । स्मार्टफोन कम्पनी ह्वावेले दशैं अफरको घोषणा गरेको छ । एक महिना लामो यो अफरमा उपभोक्ताले सो कम्पनीका उत्पादनमा उपहार तथा छुट पाउनेछन् ।

huawei-01-1-768x373

भदौ २४ गतेदेखि असोज २२ गतेसम्म यो अफर लागु हुने कम्पनीले जनाएको छ । चाडपर्वको रौनकलाई ध्यानमा राखी कम्पनीले एक–सा–एक अफर ल्याएको जनाएको छ । ह्वावे एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक’ अन्तर्गत हरेक हप्ता र हरेक १५ दिनमा उपहारहरु प्रदान गर्नेछ । लक्की ड्र मार्फत ग्राहकहरुले हरेक हप्ता १०० वटा पावर बैंक, २० वटा स्मार्टफोन र किट सहित ४ जाएन्ट साइकल प्राप्त गर्ने छन् ।

विजेताको घोषणा अफिसियल फेसबुक पेजमा गरिने जनाइएको छ । विजेताहरुको घोषणा नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते नेपालमा प्रत्यक्ष लक्की ड्र मार्फत गरिने पनि जनाइएको छ ।