सम्मिट माइक्रोको ४५ प्रतिशत बोनस शेयर

काठमाडौँ । सम्मिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले आफ्ना शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी २.३६४८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

भदौ २४ गते बसेको संचालक समितिको बैठकले गरेको लाभांश प्रस्ताव नियमन निकाय राष्ट्र बैंक र डेभलपमेन्ट बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले बोनस शेयर पाउने छन। डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको हो।

गत बर्ष डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ४१.७२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। गत आर्थिक बर्षमा डेभलपमेन्ट बैंकले ३ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।  ४५ प्रतिशत बोनस शेयर वितरणपछि डेभलपमेन्ट बैंकको चुक्ता पुंजी ७ करोड २५ लाख रुपैयाँ पुग्ने छ। हाल डेभलपमेन्ट बैंकको चुक्ता पुंजी ५ करोड रुपैयाँ रहेको छ ।