एनसेलले रोप्यो ५० हजार बोटबिरुवा

काठमाडौँ  । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रम संचालन गरेको छ ।

ncell logo

व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले धनुषामा संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको जनाएको छ । वातावरणीय तथा पर्यावरणिय रुपमा महत्वपूर्ण बनाउन टेवा दिने उद्देश्यले वृक्षर रोपण गरेको हो ।

साथै स्थानिय समुदायलाई यो अभियानमा समावेश गर्दै दिगो पर्यावरण संरक्षणका लागि संरक्षित वन वरपरका विद्यालय, शिक्षक शिक्षिका, अभिभावक र स्थानिय समुदायका सदस्यहरुलाई लक्षित गरी विविध जनचेतनामुलक तथा क्षमता विकास काकार्यक्रम संचालन भइरहेको जनाएको छ ।

सरकारले फागुन २०६९ मा यो धनुषा धाम वनलाई यसको वातावरणीय र एतिहासिक महत्वका आधारमा संरक्षित वन घोषणा गरेको थियो । गैरकानुनी रुपमा रुख कटान, फँडानी, दाउरा र माटो संकलन र अतिचरिचरन लगायतका गतिविधिले संरक्षण कार्यलाई चुनौतिपूर्ण बनाएको थियो ।