एनआईसी एसियाले गर्यो हकप्रदको प्रस्ताव

काठमाडौँ । एनआईसी एसिया बैंकले गरेको शेयर लाभाश र नगद लाभाशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि १.३७ प्रतिशत   नगद लाभांश प्रस्ताव गरेको थियो ।

nic

बैंकले असोज १८  गतेका लागि १९ औ बार्षिक साधारणसभा पनि बोलाएको छ ।साधारणसभामा बैंकले पूँजीको १५  प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव  लैजाने तयारी गरेको छ । साथै बैंकले साधारणसभा प्रयोजनका लागि असोज ५  गतेदेखि १८  गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुने जनाएको छ ।   साधारणसभाले  प्रस्ताव पारित गरेपछि लगानीकर्तालाई बोनश र हकप्रद वितरण गरिने छ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ७  करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गत बर्ष ३९ प्रतिशत बोनस शेयर र २५ प्रतिशत हकप्रद वितरण गरी बैंकले चुक्ता पुंजी ४ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको थियो ।  साधारणसभाबाट पारित भएर २६ प्रतिशत वोनस शेयर दिएपछि बैंकको पूँजी ५ अर्ब ७६ करोड ५० लाख रुपैयाँको हाराहारीमा पुग्नेछ भने १५ प्रतिशत हकप्रद शेयर  वितरणपछि पुँजी ६ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।