टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज रे बुकिङ

काठमाडौँ । नेपालमा बजाज आरइ थ्री ह्वीलरको अधिकृत विक्रेता हंसराज हुलासचंदले कोहलपुरमा आयोजना गरेको टेष्ट ड्राइभ मेलामा २७ ओटा बजाज रे बुकिङ भएको छ । मेलामा ६ सय ५० जनाले टेस्ट ड्राइभ समेत गरेको बताइएको छ ।

test

कम्पनीले बजाज रेको प्रवद्र्धन गर्ने उद्देश्यका साथ भदौ २५ गते मेला सम्पन्न गरेको हो । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिकरुपमा सम्पन्न बनाउन बजाज रे टेष्ट ड्राइभ सञ्चालन गरिएको आयोजकले जानकारी दिए ।

कम्पनीले पहिलो पटक मनोरञ्जनका साथमा बजाजका थ्री ह्वीलरको टेस्ट ड्राइभ गर्न सकिने गरि यहि शनिवार मेला आयोजना गरेको थियो । कोहलपुरका सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ हजार भन्दा बढीको सहभागीता रहेको थियो ।

पारिवारिक जमघटका साथमा सहभागी हुन सकिने यो मेलामा २४ वटा लक्कि ड्र गरिएको थियो भने बालबालिकाहरुका लागि निशुल्क मनोरन्जनको व्यवस्था थियो ।त्यसैगरी साङ्गीतिक कार्यक्रम, फुड स्टलको व्यवस्था, ट्राफिक नियमको बारेमा सर्वसाधारणलाई जानकारी दिईयो ।