सिटिजन्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले लगानीकर्तालाई दिन प्रस्ताव गरेको बोनश राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

citizens bank international

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ७५ करोड ६ लाख ७५ हजार सात सय ६२ रूपैयाँको बोनस शेयर दिने भएको छ । त्यस्तै बैंकले कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश समेत दिने भएको छ ।

उक्त लाभांश बैंकको आगामी असोज १६ गते बस्ने दशौं बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । गत आर्थिक वर्षमा ५५ प्रतिशत हकप्रद जारी गरेको बैंकले गत आर्थिक बर्षको बोनश वितरणपश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद पनि जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।