श्री रुपा बहुद्देशीय बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

लेखनाथ ।  लेखनाथ कै अग्रणी संस्थाको रुपमा स्थापित श्री रुपा बहुद्देशीय बचत तथा ऋण सहकारीको साधारणसभा संस्थाका अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा गणेश नेवा खलको भवनमा सम्पन्न भएको छ । सो सभामा संस्थाका भु पू अध्यक्षहरु सनत कुमार श्रेष्ठ , लेखा परिक्षक एल के शर्मा लगायतले बोल्नुभएको थियो । सो सभाको उद्घाटन अत्यन्तै बेग्लै किसिमले गरिएको थियो । संस्थाका बयोवृद्द शेयर सदस्य तुलसी लिगल र बाल कुमारीले संयुक्त रुपमा गर्नु भएको थियो भने कुनै तडकभडक विना गरिएको सो सभामा उपस्थित शेयर सदस्यले सो कार्य को प्रशंसा गरेका थिए ।