सिटिजन्स बैंक अन्तर्राष्ट्रिय पुरष्कारबाट सम्मानित

काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कन्ग्रेस (World HRD Congress) को भव्य कार्यक्रममा Asia Banking, Financial Services & Insurance Excellence Awards 2016 द्वारा Best Bank in Public Sector सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक) विधामा पुरष्कृत गरिएको छ । विभिन्न उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई उक्त संस्थाबाट कूल ९ विधाहरुमा पुरष्कार वितरण गरिएकोमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको छ ।

यस अघि पनि Institute of Chartered Accountants of Nepal द्वारा वितरित Best Presented Annual Report (BPA), 2015 Award बाट बैंक सम्मानित भएको थियो ।