एनएमबी बैंककाे ‘एक घर एक खाता’ अभियान सञ्चालन, राजेश हमाल ब्राण्ड एम्बेसडर

काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘एक घर एक खाता’ अभियानलाई प्रर्वद्धन गर्न महानायक राजेश हमाललाई प्रवद्रृक दूत (ब्राण्ड एम्बेस्डर) को रुपमा नियुक्त गरेको छ ।  बैंकले एक घर एक खाता अभियान गत साउनदेखि नै शुरु गरेको छ भने यसलार्इ ब्यापक वनाउन प्रचार प्रसारमा तीब्रता ल्याएकाे छ ।

एनएमबी बैंक एक घर एक खाता अभियानको बारेमा जानकारी दिंदै आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने–‘नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्बद्धक दूतका रुपमा नियुक्त गर्न पाउँदा  खुसी भएका छौं, महानायककाे लोकप्रिय छविले यस अभियानको उदेश्य पुरा हुनेमा हामी विश्वस्त छौ । महानायककाे प्रचारबाट बैंकिड साक्षरता र बै‌किड समावेशीतामा सहयाेग पुग्नेछ । बैकिङ साक्षरता र समावेशीता प्रवद्र्धन गर्न महान् अभिनेतालाई लिएर हामी गाउँ गाउँमा जाने छौं यससँगै विभिन्न कार्यक्रमको आयोजना गरी सर्वसाधारणलाई बैंकमा खाता खोल्न, बचत गर्नुका साथै भविष्य सुरक्षीत गर्न अपिल गर्ने छौ’ पौडेलले भनार्इ राखे ।

उता अभिनेता राजेश हमालले बैंकमा खाता खोल्दा पैसा बचत हुने, व्याज आम्दानी हुनुका साथै  बैकिङ सेवाको प्रयोग गर्न सकिने तथा त्यसबाट धेरै लाभ लिन सकिने जानकारी धेरै नेपालीलाई नभएको वताए । उनले अझै पनि ६० प्रतिशतभन्दा बढी नेपालीले बैंकमा खाता नखोलेको अवस्थामा एक घर एक खाता अभियानको प्रवद्र्धक दूतको रुपमा आफू काम गर्न पाउँदा खुसी भएको बताए । ‘बैंकले धेरै राम्रो कार्यक्रम ल्याएको छ, बैंकमा खाता खोल्दा बचतकर्तालाई पनि फाइदा हुन्छ, बैंकलाई पनि फाइदा हुन्छ, अर्थतन्त्रलाई पनि फाइदा हुन्छ’ हमालले सटिक रुपमा भनार्इ राखे । यस्तै एमएमबीका रिटेल बैकिङ प्रमुख सुष्मा शर्माले एक घर एक खाता अभियानमा खाता खोल्ने ग्राहकलाई बीमा, रेमिट्यान्स भुक्तानी सेवा लगायत सुविधा दिन सकिने जानकारी दिंदै खोता खोल्ने प्रक्रिया सजिलो भएको समेत कार्यक्रममा जानकारी दिर्इन् ।