प्रभु मनि ट्रान्स्फर र घोडीघोडा लघुवित्तबीच रेमिटेन्स सम्झौता

काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रा.लि तथा घोडीघोडा लघुवित्त वित्तिय सस्था लि. बीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । साे सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा र घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले हस्ताक्षर गरेका छन् ।

कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १० वटा जिल्लाको स्वीकृति रहेको छ भने हाल लघुवित्तले श्रीपुरबाट मात्र कारोवार संचालन गर्ने र आगामी दिनहरुमा विस्तारै कारोवार विस्तार गर्दै जाने योजना रहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चौधरीले जानकारी दिए ।