गुडविल फाईनान्सले २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, ३० भदौ । गुडविल फाईनान्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर बितरण गर्ने वताएकाे छ । बोनस सेयर पश्चात कम्पनीले ६० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । बुधबार बसेको कम्पनीको संचालक समिति बैठकले निर्णय ग रेको हो । उक्त बैठकको निर्णय पारित गराउन कम्पनीले असोज २० गते साधारणसभा बोलाएको छ ।
हाल फाइनान्सको चुक्ता पूँजी ३६ करोड २९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ४५ करोड ३६ लाख रुपैयाँ हुने छ