हकर बाल क्लबका अनुशासित विधार्थीलाई आईएमईको प्रोत्सान

काठमाडाै । आईएमई लिमिटेडले बाल दिवस २०७३ को अवसरमा बालमन्दिर अन्तर्गत हकर क्लबका अनुशासित विधार्थी सौरभ खानलाई रु ५ हजारको चेक सहित प्रोत्सान गरेको छ । बृहस्पती विद्या सदनको प्रांगणमा  आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल सरकारका उधोग मन्त्री नमिन्द्र राज जोशी र आईएमई लिमिटेड अन्तर्गत एडुपे परियोजना प्रमुख माधव कटुवालले उक्त चेक सामुहिक रुपमा हस्तान्तरण गर्नुभएको थियो ।