लगानीकर्तालाई नेरुडे लघुवित्तको २० प्रतिशत बोनस सहित ३० प्रतिशत लाभांश

काठमाडौँ । नेरुडे लघुवित्त विकास विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २९ को संचालक समितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले बोनस तथा नगद लाभांश पाउनेछन। अघिल्लो बर्ष कम्पनीले ४४ प्रतिशत बोनश वितरण गरेको थियो ।

२० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी २१ करोड ६० लाख रुपैया पुग्ने छ। हाल कम्पनीको चुक्ता पुंजी १८ करोड रुपैयाँ रहेको छ ।