एनबि इन्सुरेन्सको १४ औं शाखा भैरहवामा

काठमाडौँ । एनबि ईन्सुरेन्स कम्पनीले १४ औं शाखा रुपन्देहीको भैरहवामा संचालनमा ल्याएको छ । उक्त शाखाको संचालक समितिका सदस्य प्रताप जङ्ग पाण्डेले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै संचालक समितिका सदस्य पाण्डेले कम्पनी (NBIL) ले बिमा क्षेत्रमा पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको बताए । उनले सबै शाखाहरुबाट सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कम्पनीले हालसम्म १४ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।