पूर्णिमा विकास बैंकले गर्यो शेयर लाभांशको घोषणा

काठमाडौँ । पूर्णिमा विकास बैंक लिमिटेडले शेयर लाभासंको घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकको प्रस्ताव  राष्ट् बैंकको स्वीकृति दिए पछि र  साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

बैंकले गत आर्थिक बर्षमा ६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हाल बैंकको २० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । २६ प्रतिशत बोनस बाँडेपछि बैंकको पूँजी २५ करोड नाघ्नेछ ।