नेप्सेमा एकै दिन झण्डै साढे २ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से  घटेको छ। अघिल्लो दिनको कारोबारमा ३.५२ अंकले घटेको नेप्से आज १०.६९ अंकले घटेको छ । ०.५९ प्रतिशतले घटेको नेप्से १८०४.४८ बिन्दुमा रोकिएको छ  ।

आइतबार  कारोबारमा आएका १४२  कम्पनीका २४  लाख ९१ हजार शेयर खरिद बिक्रिबाट २ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकिंग, फाइनान्स र इन्स्युरेन्सका बाहेक अन्य सबै सूचक बढेका छन्  ।  आइतबारको कारोबारमा सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको मात्रै १ अर्ब २०  करोड बराबरको कारोबार भएको छ  । नेपाल बैंकको स्वामित्वमा रहेको यस ट्रस्टको   सेयर अरु कम्पनीलाई नामसारी गरिएकाले यसको कारोबार बढेको हो ।   अन्य बढी कारोबार हुनेमा सन् राइज बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, श्री राम सुजर मिल्स रहेका छन् ।

आइतबारको कारोबारमा कमाउनेमा किसान माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, मुक्तिनाथ विकास बैंक, पुर्णिमा विकास बैंक, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता छन् । बढी गुमाउनेमा नेरुदी लघुवित्त विकास  बैंक लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्दार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १, राष्ट्रिय बिमा कम्पनी लिमिटेड संस्थापक शेयर, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन्  ।