वज्र ग्रुपको नयाँ शोरूम, एक किन्दा एक सित्तैमा

काठमाडौँ  । वज्र एण्ड वज्राचार्य इण्डष्ट्रिज (वज्र ग्रुप) ले २५औं वर्षको पावन अवसर तथा  नजिकिँदै गरेको चाड दशैंतिहारलाई लक्षित गरी ‘सोमेनी स्टुडियो’ शोरूम सञ्चालनमा ल्याएको छ । सोमेनी कम्पनीका सिनियर जनरल म्यानेजर सुजित महन्तीले शोरूमको उद्घाटन गरेका हुन् ।

सो अवसरमा वज्र ग्रुपले दशैंतिहार अफरको पनि घोषणा गरेको छ । उक्त अफरअन्तर्गत सेनिटरी, टायललगायत घरायसी सामग्री खरीदमा ७५ प्रतिशत विशेष छूटदेखि एक किन्दा एक सितैंमा र विशेष गरी होटलहरूलाई लक्षित गरी होटेल बाथरुम पाकेज पनि घोषणा गरेको छ ।

शोरूम नयाँ राजधानीको बिजुली बजारमा सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।