अशोक लेल्याण्डलाई वेस्ट इण्डियन अवार्ड

काठमाडौँ  । इण्डियाको दोस्रो ठूलो बस निर्माता कम्पनी अशोक लेल्याण्डले ‘बेस्ट इण्डियन ब्राण्ड्स २०१६’ उपाधी प्राप्त गरेको छ । गाडी उत्पादनमा अग्रणी रहेकै कारण कम्पनीले यो उपाधी पाएको हो ।

कम्पनीले भारतीय बजारमा आफ्नो सेल्स टर्न ओभर ३९ प्रतिशतले बढाएको जनाएको छ । कमर्सियल भेहिकल अन्र्तगत स्कुल बस उत्पादनमा कम्पनी अब्वल देखिएको छ । कम्पनीले सेवा विस्तारकै क्रममा दुबईको प्लान्ट रस अल खैमा एक करोड अमेरिकी डलर लगानी गरेको जनाएको छ ।

नेपाली बजारमा यसका बस, ट्रक, टिपर लगायतका गाडीहरु उपलव्ध छन् ।