टिसिएलको ३ आकर्षक उपहार योजना

काठमाडौँ  । टिसिएलले दशैं र तिहारलाई लक्षित गरि ३ आकर्षक उपहार योजना ल्याएको छ ।

टिसिएल ‘टप थ्री गिफ्ट थ्री’ नामक उक्त योजनामा प्रत्येक टिसिएलका सामग्रीको खरिदमा उपहार योजना रहेका छन् । उक्त आकर्षक योजना अन्र्तगत ग्राहकले टिसिएलका टेलिभिजनहरुको खरिदमा ३४ हजार रुपैयाँ सम्मको इन्ष्ट्यान्ट क्यासव्याक पाउने छन् । साथै ग्राहकले रेफ्रिजेरेटर, वासिङ् मेसिनको खरिदमा आकर्षक टिसिएल इलेक्ट्रीक किट्ली र यएर कन्डिस्नरको खरिदमा फ्रि इन्स्टलेसन सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

द क्रियटिभ लाइफ भन्ने नाराका साथ टिसिएलले यस किसिमका योजनाहरु ल्याउँदै आएको छ । टिसिएलको उपहार योजना भदौ २९ गतेदेखि सुरु भएको छ र यो योजना सिमित अवधिको लागि नेपालभर लागू गरिएको छ ।