महिन्द्राको जनकपुरमा सुविधा सम्पन्न शोरुम

काठमाडौँ  । महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नी समूहले जनकपुर मुजेलियामा नयाँ शोरुम संचालनमा ल्याएको छ। कम्पनी अन्तर्गत रहेको कृष्ण डिष्ट्रिब्यूटर्सले सुविधा सम्पन्न शोरुम संचालनमा ल्याएको हो।

यो शोरुममा महिन्द्राको एमयुभी, एसयुभी,ट्रयाक्टर र पावरल जेनेरेटर बिक्रीको लागि राखिएको कम्पनीले जनाएको छ।कम्पनीले केयुभी १००, टियुभी ३०० र एक्सयुभी ५०० पनि बिक्री हुने जनाएको छ।

कम्पनीले दशैतिहारलार्इ लक्षित गर्दै दशै उत्सव अफर अन्तर्गत केयुभी १०० र टियुभी ३०० गाडीको खरीदमा चार वटा फूलफेल्ज्ड सर्भिस, फ्रि एसोसेरिज र फ्रि रोड ट्याक्स योजना ल्याएको छ। कम्पनीका अनुसार नयाँ शोरुमबाट गाडी किन्ने ग्राहकले यो सुविधा समेत पाउनेछन् ।