मेजु मोबाइल नेपाली बजारमा

काठमाडौँ । चिनियाँ मोबाइल मेजु नेपाली बजारमा भित्र्याइएको छ ।

मेजु टेक्नोलोजीले मेजु एम थ्री नोट र एम थ्री एस मोडलका सेट भित्र्याएको हो । कम्पनीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मोबाइलको बजार प्रवेश गराएको हो ।

यी मोबाइल सेटमा ‘ओक्टा कोर’ प्रोसेसर, तीन जीबीको र्‍याम, १३ मेगा पिक्सेल रियर र ५ मेगा पिक्सेल फ्रन्ट क्यामेरालगायतको विशेषता रहेको कम्पनीले जनाएको छ । यी सेटको स्थानीय बजार मूल्य १४ हजारदेखि २२ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

मेजु चाइनाको स्मार्टफोन उत्पादनमा टपटेन ब्रान्डभित्र पर्ने कम्पनीले जनाएको छ ।