स्लीपवेल म्याट्रेसको दँशै विशेष योजना

काठमाडौँ । म्याट्रेस कम्पनि स्लीपवेलले नेपालका लागि योजना आज होटल याडिसनमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।

सन् १९७१ देखि पियु फोम ब्यबसायमा संलग्न ब्यबसायिक घराना शिला ग्रुप अन्र्तगतको स्लीपवेल भारतमा सबै भन्दा बढि बिक्री हुने म्याट्रेस ब्राण्ड हो । भारत तथा अष्ट्रेलियामा मुख्य कारोबार रहेता पनि बार्षिक ३० करोड अमेरिकी डलर भन्दा बढि कारोबार र १५ सय भन्दा बढि कामदार कर्मचारी रहेको यस कम्पनि भारतको मात्र नभई पियु फोम ब्यापारमा दक्षिण पुर्वि एशियाकै ठुला ५ कम्पनिहरु मध्ये एक हो ।

स्लीपवेल एक परिपक्व ब्राण्ड भईसकेकाले उपभोक्ताका आका“क्षाहरुलाई निकै जिम्वारीका साथ कम्पनिले लिने गरेको र यसका सिर्जनात्मक उत्पादनहरुमा उपभोक्ताहरुको निद्रा मात्र नभई आरामदायी निद्रालाई ध्यानमा राखेर गरिएको कुरा कम्पनिका भाईस प्रेसिडेन्ड बसन्त सिंघलले बताए ।

उपभोक्ताहरुको प्राथमिकता अनुसार कम्पनिले हालै अत्याधुुनिक प्रबिधिमा उत्पादित माई म्याट्रेस सिरिज बजारमा ल्याएको छ । यस सिरिजका उत्पादनहरु उपभोक्ताको चाहना र बजेट अनुसारको कडापन, रंग, र मुल्यमा उपलब्ध छ । माई म्याट्रेस सिरिज प्रबिधि र आरामदियताको एक समिश्रण हो जसले स्लीपवेलको माई म्याट्रेसलाई अन्य ब्राण्ड भन्दा उच्चस्थानमा उभ्याएकोछ ।

हाल भारतमा रहेको ५ हजार भन्दा बढि स्लीपवेलको डिलरहरु मध्ये १ हजार भन्दा बढि सोरुमहरु रहेका छन् ।