किसान माइक्रोफाईनान्सको आकर्षक ‘बोनस प्याकेज’

काठमाडौँ । किसान माइक्रोफाइनान्स आफ्ना लगानीकर्ताको लागि आकर्षक ‘बोनस प्याकेज’को घोषणा गरेको छ । कम्पनीले ६१ प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ३.२१ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले बोनसको प्रस्ताव गरेको हो । kisan

बैठकले ३९ प्रतिशत हकप्रद निष्काशन गर्ने पनि जनाएको छ । यो प्रस्ताव राष्ट्रबैंकबाट स्वीकृत भई कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले बोनस सेयर पाउनेछन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक बर्षमा १४०.२५ प्रतिशतले खुद मुनाफा बढाएको थियो । कम्पनीको खुद नाफा  १ करोड ३४ लाख रुपैयाँ  थियो ।

हाल कम्पनीको चुक्ता पुंजी २ करोड रहेको छ । ६१ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ करोड ४७ लाख पुग्ने छ  ।