अरनिको डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । अरनिको डेभलपमेन्ट बैंकले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको छ ।

arniko

बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी २८ करोड ३७ लाख रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रति कित्ता सेयर ४५३ रुपैयाँमा कारोबार भइरहेको छ ।