आयो डमरु एड नेटवर्क

काठमाडौँ   । नेपालकै पहिलो डिजिटल एड नेटवर्क डमरु, आधिकारिक रुपमा सार्वजनिक भएको छ ।

damaru

अन्तर्राष्ट्रिय विशेषज्ञहरुको टिमद्वारा नेपाली बजारलाई मध्यनजर गरी विशेषरुपमा तयार गरिएको उक्त नेटवर्कले नेपालका वेभ प्रकाशक र विज्ञापनदाताहरुलाई अनलाइन विज्ञापन गर्नको लागि लोकल प्ल्याटफर्म प्रदान गर्ने कम्पनीले बताएको छ ।

विदेशी नेटवर्कहरुले यो काम धेरै समयदेखि गर्दै आएका छन् । यसले समाचार, मनोरञ्जन र सूचनामूलक सामग्रीहरुको माध्यमबाट आम्दानी गर्न मद्दत गर्दछ ।

डमरुको प्रयोगमा प्रकाशकहरुले ‘एड भ्यूज्’को ट्रयाक राख्न समेत सक्षम हुनेछन् साथै एउटै ठाउँलाई विभिन्न विज्ञापनदाताहरुमा विभाजन गरी भौगोलिक, लिङ्ग, उमेर र रुचिका आधारमा कन्टेन्ट तयार गरी उक्त कन्टेन्टबाट आम्दानी प्राप्त गर्न सक्नेछन् ।