लगानीकर्तालाई सानिमा बैंकको अर्को ३० प्रतिशत हकप्रद

काठमाडौँ । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी ०.७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ । बैंकले बोनस वितरणपछि ३० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको छ   ।

sanima bank

बोनस र नगद लाभांशको निर्णय यस अघि नै भईसकेको भए पनि हकप्रदको निर्णय भने बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले गरेको हो । संचालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांस पाउने छन। साधारणसभा असोज २७ गते बोलाईएको छ ।  यस अघि नै बैंकले आफ्ना लगानीकर्तालाई ५० प्रतिशत हकप्रद दिएको थियो ।  ५० प्रतिशत हकप्रद पछि हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ५९ करोड रहेको छ।

१५ प्रतिशत बोनस शेयर वितरणपछी बैंकको चुक्ता पुंजी ५ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ। त्यस्तै ३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ८६ करोड पुग्ने छ  ।  हकप्रद निस्काशनको लागि २ महिना लाग्ने बैंक स्रोतले जनाएको छ । गत बर्ष बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद वितरण गरेको थियो। बैंकले गत बर्ष १ अर्ब ४ करोड नाफा आर्जन गरेको थियो ।