डिम्याट खोल्न बैंक खाता अनिवार्य

काठमाडौँ । अब डीम्याट खाता खोल्न बैंक खाता अनिवार्य हुने भएको छ। यस अघि डीम्याट खाता खोल्न बैंक खाता अनिवार्य नभएपनि (डिम्याट) खाता सञ्चालन सहज बनाउन धितो पत्र बोर्डले नयाँ व्यवस्था लागु गर्ने तयारी अनुरुप अनिवार्य रुपमा ग्राहकको बैंक खाता नम्वर पनि राख्न निर्देशन दिएको छ। dmat

त्यस्तै डीम्याट खाता खोलिसकेका शेयर लगानीकर्ताहरुका हकमा समेत यो व्यवस्था लागु हुने धितोपत्र बोर्डले स्पष्ट पारेको छ। डीम्याट खाता खोल्दा बैंक खाता उपलब्ध नगराएकाहरुले समेत अनिवार्य बैंक खाता उपलब्ध गराउनु पर्ने छ।

डिपोजिटरी पार्टिसिपेन्ट (निक्षेप सदस्य)ले ग्राहकको बैंक खाता पनि समावेश गरेमा पारदर्शिता बढ्न गई कम्पनीहरुलाई पनि सहज हुने बोर्डले जनाएको छ ।