सिभिल मलको दशै तिहार योजना

काठमाडौँ । सिभिल मलले यस बर्षको विजया दशमी र दीपावलीको उपलक्ष्यमा प्रवद्र्घनात्मक कार्यक्रम ल्याएको छ । ‘टीभीएस अपाचे सिभिल मल दशैं तिहार महोत्सव २०७३’ नाम दिइएको सो कार्यक्रम असोज १ देखि कार्तिक २७ गतेसम्म चल्ने छ ।

कार्यक्रम अवधिमा सुन्धारास्थित सिभिल मलका पसलहरुबाट १ हजार वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई कुपन वितरण गरिने र ती कुपनमध्ये गोलाप्रथाबाट चयन गरी विजेतालाई विभिन्न दैनिक, साप्ताहिक र बम्पर उपहार प्रदान गरिने जनाइएको छ ।

बम्पर विजेताले उपहारमा टीभीएस अपाचे आरटीआर २०० मोटरसाईकल प्राप्त गर्नेछ भने अन्यले आस्री हीराको हार, दुवई यात्राको टिकट र एल जीको एल ई डी टीभी पाउनेछन् । दैनिक र साप्ताहिक उपहारमा नगद भौचरदेखि टीभीएसको स्कुटी जेस्ट र टीभीएस जुपीटरसम्म प्राप्त हुने जनाइएको छ ।