पोखरा फाइनान्सको १३.५ प्रतिशत बोनस शेयर

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको कमाइबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ। फाइनान्सले १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

pokhara-financeफाइनान्सको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र फाइनान्सको बार्षिक साधारण सभाले पारित गएपछि लगानीकर्तामा वितरण हुने छ। गत आर्थिक बर्ष फाइनान्सले ४८.५ प्रतिशत बोनस शेयर दिएको थियो । १३.५ प्रतिशत बोनस शेयर बितरणपछि फाइनान्सको चुक्ता पुंजी ५५ करोड ७३ लाख रुपैयाँ पुग्ने छ।

हाल फाइनान्सको चुक्ता पुंजी ४९ करोड ११ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्ष फाइनान्सले ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।