शाइन रेसुङ्गाको २७ प्रतिशत बोनस शेयर

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज ६ मा बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट २७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । sign बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुने छ। गत आर्थिक बर्ष पनि बैंकले २७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।  २७ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रुपैयाँ पुग्ने छ।

हाल बैंकको चुक्ता पुंजी ८६ करोड ८४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्ष बैंकले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।