यती डेभलपमेण्ट बैंकको ब्राण्ड एम्बेसडरमा महेश्वर महर्जन

 

काठमाडौँ ।  शरीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक विजेता महेश्वर महर्जनलाई यती डेभलपमेण्ट बैंकले ब्राण्ड एम्बेसडरको रुपमा २ बर्षको लागी अनुबन्धीत गरेको छ ।

yeti development

भुटानमा भएको प्रतियोगिता अन्तर्गत ७५ के.जी. तौल समुहमा महर्जनले १० देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम स्थान हांसिल गरेका थिए । खेलाडीको उच्च कदर गर्दै खेलाडीको मनोबल बृद्धि गर्ने उद्देश्यले बैंकले वहांलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको हो ।