सानिमा बैंकको दशैँ लगत्तै बोनस

काठमाडौँ । सानिमा बैंकका लगानीकर्ताले दशैँ पछि मात्र बोनस शेयर पाउने भएका छन। बैंकले असोज २८ गतेका लागी १२ औ बार्षिक साधारण सभा बोलाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  असोज १२ सम्म कायम शेयरधनीले मात्र सानिमा बैंकको साधारणसभामा सहभागी हुन र बोनस शेयर दाबी गर्न पाउने छन।

sanima bank

बैंकले साधारण सभा प्रयोजनका लागी असोज १३ देखि असोज २८ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको नेप्सेले जनाएको छ।   सानिमा बैंकल गत आर्थिक बर्षको कमाईबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। बैंकले गत आर्थिक बर्ष ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो। १५ प्रतिशत बोनस शेयर वितरणपछी बैंकले शेयरधनिहरुलाई यो आर्थिक बर्ष ३० प्रतिशत हकप्रद दिने घोषणा गरेको छ ।

५० प्रतिशत हकप्रद पछि हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ५९ करोड रहेको छ।  १५ प्रतिशत बोनस शेयर वितरणपछी बैंकको चुक्ता पुंजी ५ अर्ब २७ करोड रुपैयाँ पुग्ने छ। त्यस्तै ३० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ८६ करोड पुग्ने छ  । गत बर्ष बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रद वितरण गरेको थियो। बैंकले गत बर्ष १ अर्ब ४ करोड नाफा आर्जन गरेको थियो ।