ग्लोबल आइएमई बैंकको शाखारहित सेवा थप २ स्थानमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप दुई स्थानबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कैलाली जिल्लाको ओलानी गाविस ६ गोदावरी र सोल्टा गाविस ७ सुगारखालमा सेवा सुरु गरिएको हो ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा यी दुबै स्थानबाट शाखारहित बैंकिङ सेवा गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ । यी दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एवम् व्यवसाय प्रवर्द्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटालेले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मेसिन हस्तान्तरण गरेर उदघाटन गरे ।

globle-bank-1

बैंकले ओलानी गाविसमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय नविनबहादुर सिंह र सोल्टा गाविसमा गरेको सेवाको लागि स्थानीय हिरादेवी जैसीलाई व्यावसायीक प्रतिनिधि नियुक्त गरेको छ ।

कैलालीमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ४४ पुगेको छ ।ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिचार्ज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुविधा छन् ।

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट आधारभूत बंैकिङ सेवा पुर्‍याउँदै आएको छ । यससँगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ सेवा पुगेका छन् ।