सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद

काठमाडौँ  । धितोपत्र बोर्डले सेवा विकास बैंकलाई एकसय बीस प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको छ  । बैंकले जेठ १८ गतेको निर्णय अनुसार हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न आवेदन दिएको थियो ।

sewa

बोर्डले असोज ६ गते बैंकलाई हकप्रद निष्काशनको स्वीकृति दिएको हो । बैंकले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।  ४२ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको १२० प्रतिशत हकप्रद जारी पछि ९३ करोड नाघ्ने छ ।

अन्तिम कारोबारमा बैंकको शेयर मूल्य ७०० रुपियाँ थियो । हकप्रद निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धकक रुपमा नियुक्त भएको छ ।