एनआईसी एशिया बैंकले ल्यायो “डबल डिपोजिट” योजना

काठमाडौँ  । एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि एनआइसी एशिया डबल डिपोजिट नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तरर्गत ग्राहकले कम्तिमा पनि १ लाख डिपोजिट गर्नु पर्ने हुन्छ ।

nic

यसको अवधि १२ बर्षको हुने छ । त्यस अवधिमा निक्षेपमा जम्मा भएको रकम ब्याजको आम्दानीले नै  दोब्बर हुने बैंकले जनाएको छ । रकम आवश्यकता परेको खण्डमा तुरुन्तै बिना झन्झट ओभरड्राफट मार्फत झिक्न सकिने छ । यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याज दर तथा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने  छ ।

साथै बैंकले शून्य मौज्दात, क्रेडिट कार्ड सुविधा, दुर्घटना मृत्यु बीमा, निःशुल्क डेबिट कार्ड, इन्टरनेट र एसएमएस बैकिङ सेवा समेत उपलब्ध  गराउने छ ।