टाटा मोटर्सको नयाँ शोरुम नारायणगढमा

काठमाडौँ  । टाटा मोटर्स र टाटा मोटर्स्को नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको विशेष सेवाको लागि नारायणघाटमा आकर्षक शोरुम, आर.बि. मोटर्स्को उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत यो १७औं आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरेको छ ।

शोरुम उद्घाटनसँगै सिप्रदी टे«डिङ्ग प्रा.लि. ले टाटा मोटर्स्को नयाँ स्र्पोटी ह्याचब्याक टियागो नारायणघाट बजारमा ल्याएको छ । रु.२२.५५ लाख बाट शुरु हुने नयाँ रिभोटर्न १.२ लि.पेट्रोल इन्जिनमा उपलब्ध छ ।

उद्घाटन कार्यक्रममा बोल्दै, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सि.ओ.ओ. राजेश प्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पूरा गर्नका निमित्त सबैले रोजेको र खोजेको नयाँ ह्याचब्याक टियागो लाई नारायणघाटको बजारमा भित्राउन पाएकोमा खुशी व्यक्त गरे । साथै उनले नयाँ शोरुम आर.बि. अटोमोबाइल्स् लाई आफ्नो डिलरसिप परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेका बताए ।