बिजय लघुवित्तको १५ प्रतिशत बोनस शेयर

काठमाडौँ । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ७ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। vijay-share

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुने हुने छ। १५ प्रतिशत बोनस शेयर वितरणपछी माइक्रोफाइनान्सको चुक्ता पुंजी १६ करोड १० लाख रुपैयाँ पुग्ने छ।

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी १४ करोड रुपैयाँ रहेको छ। गत आर्थिक बर्ष माइक्रोफाइनान्सले २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।