सिटिभी मोबाइलको दशैं तिहार उपहार

काठमाडौँ । सिटिभी मोबाइलले आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ । मोवाइल खरिद गर्दा अर्को मोवाइल अफर तथा लक्की ड्रमा मोटरसाईकल उपहार रहेको कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागि हुने ग्राहकले ताम्राकार कम्प्लेक्सको पसल नं ११३ दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

दशैं तिहार बम्पर उपहार सँगै आफ्ना आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको छ । स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशत सम्म छुट गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिएका छन् ।

असोज ७ गतेबाट मंसिर ७ गतेसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकवीच लक्कि ड्र गरि प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने छ ।