एक्सेल डेभलपमेन्ट बैंकले २५ प्रतिशत लाभाश दिने

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत शेयर लाभाश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले २५ प्रतिशत शेयर लाभाश र कर प्रयोजनको लागि १.३१५७९ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो ।

excel

बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षमा १० करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।